कटप्पाकी रानी बन्दै ऐश्वर्या



एजेन्सी : दक्षिण भारतीय फिल्मबाट बलिउडमा समेत उदाएका स्टार सत्यराजको परिचय खासमा फिल्म ‘बाहुबली’ले स्थापित गराइदियो।

‘बाहुबली द बिगनिङ’मा उनी कटप्पाको भूमिका थिए र उनले बाहुबलीलाई मारेको सिन थियो। कथाको त्यही मोड र उनको सशक्त अभिनयले उनी पूरै भारत मात्र नभई संसादभर नै चिनिएका थिए। त्यसपछि त्यही बाहुबलीको सिक्वेल ‘बाहु्बली द कन्क्लुजन’ आयो। त्यसमा त उनी झनै चर्चित भए। 

तिनै ‘कटप्पा’ अर्थात सत्यराजको अर्को फिल्म आउने भएको छ। बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनसँग उनको जोडी जम्ने छ। सत्यराज मणिरत्नमको फिल्म ‘पोन्निनी सेल्वम’मा अनुबन्धित भइसकेका छन्।

फिल्ममा नायिका ऐश्वर्या नै प्रमुख नायिकाको भूमिकामा हुने चर्चा छ। फिल्ममा ऐश्वर्याका ससुरा अमिताभ बच्चनलाई पनि अभिनय गराउने प्रयास भइरहेको छ। अमिताभसँग कुराकानी भइरहे पनि उनले हुन्छ या हुन्न भन्ने उत्तर दिन सकेका छैनन्। निर्देशक मणिरत्नमले सासू बुहारीलाई नै फिल्ममा अभिनयका लागि प्रस्ताव गरेका छन्।

फिल्मका लागि ऐश्वर्याले अभिनयको स्वीकृति दिइसकेकी छन्। तर अमिताभ भने आफ्नो व्यस्त समय तालिकाले ‘हुन्छ’ भन्न सकेका छैनन्। फिल्ममा ऐश्वर्या अभिनेता सत्यराजको श्रीमतीको भूमिकामा देखिनेछिन्।

यसअघि सत्यराजको स्थानमा अर्का साउथ कलाकार मोहन बाबुलाई प्रस्ताव गरिएको थियो। मणिरत्नमको यो मेगा बजेटको फिल्ममा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन्। जसको विवाह एक राजासँग हुन्छ। तर विवाहलाई आफ्नो इच्छा पूर्ति गर्ने माध्यमको रूपमा प्रयोग गर्छिन्। यो तमिल उपन्यासमा आधारित फिल्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्