रक्तश्राव हुँदा सुत्केरीको मृत्यु



धनगढीः अछाममा रक्तश्राव हुँदा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका-४ कि सुत्केरी ३८ वर्षीया नामसरा बिकको जिल्ला अस्पताल अछाममा गएराति मृत्यु भएको हो ।

अस्पतालका अनुसार राति १ बजे मृत अवस्थाको शिशु जन्माएकी बिकको रक्तश्रावका कारण मृत्यु भएको हो ।

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्