बढ्यो सुनको मूल्य



काठमाडौं : सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार ७ सयले घटेको सुनको मूल्य आज ५ सयले बढेको हो ।

मंगलबार नेपाली बजारमा सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको महासंघले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५ सयले वृद्धि भएको हो ।

यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्