कैलालीमा कार र टिप्पर ठोक्किदा ४ जना घाइते, १ को अवस्था गम्भीर



धनगढी : कैलालीमा कार र टिप्पर एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नं.१ सशस्त्र बाहिनी अगाडी बा १४ च ७२७८ नम्बरको कार र से १ क १००२८ नम्बरको टिप्पर ठोक्किदा ४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार र विपरीत दिशाबाट आइरहेको टिप्पर ठोक्किदा कार चालक काठमाडौंको शंकरापुरका ४१ वर्षीय बिद्यमान श्रेष्ठ सहित ४ जना घाइते भएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा काठमाडांैका लैनचौर बस्ने ३६ वर्षीय बिक्रम महर्जन, काभ्रेको बनेपा बस्ने ३२ वर्षीय हरीगोपाल श्रेष्ठ र बीरगञ्जका २८ वर्षीय अविरन्द चौरसिया घाइते भएका छन् ।

उनीहरु मध्ये चौरसियाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । टिप्पर र चालक दिनेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्