श्रीलंकाका होटल र चर्चमा शक्तिशाली विस्फोट, २५ को मृत्यु, दुई सय घाइते



काठमाडौं : श्रीलंकाका दुई चर्च र एउटा होटलमा ६ वटा शक्तिशाली विस्फोट भएको छ । इस्टर मनाइरहेका बेला भएका यी विस्फोटमा कम्तिमा २५ जना मारिएका छन् । यी विस्फोटका घटनामा २०० जना धेरै घाइते भएका छन् ।

एउटा होटलमा पनि शक्तिशाली विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार यी विस्फोटमा मारिनेको संख्या २५ नाघेको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

कोलम्बोका विभिन्‍न अस्पतालमा भर्ना भएका धेरैको अवस्था गम्भीर रहेको छ । कोलोम्बो नेशनल अस्पताल प्रशासनले अहिलेसम्म ८० जना घाइते अस्पतालमा भर्ना भइसकेको पुष्टि गरेको छ ।

समाचार अनुसार एउटा ठुलो विस्फोट कोलोम्बोको कोछिकडे शहरस्थित सेन्ट एन्थनी चर्च र अर्को विस्फोट नेगोम्बोको कतुवपितियाको एक चर्च भएको थियो । यसैगरी अर्को शक्तिशाली विस्फोट कोलोम्बोमा अवस्थित शाङ्गरी ला होटल र किङ्ग्सबरी होटलमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्