बालिका हत्या प्रकरण : दुई प्रहरी जिल्ला तानिए



बर्दिवास : महोत्तरीको बर्दिवासमा बालिका हत्या प्रकरणमा मुच्छिएका दुई प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत सइ बीरेन्द्र सिंह र हवलदार फुलगेन मण्डल जिल्ला प्रहरी कार्यालय महोत्तरी तानिएका हुन् ।

एसपी टिका केसीका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । यता बालिका हत्या प्रकरणलाई छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली घटनास्थल पुगेको छ। बालिका हत्या र गोली काण्ड घटनाको छानबिन गर्न टोली घटनास्थल पुगेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

बर्दिवास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब साह खातुनको हत्यालाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो ।

गुलाब साह खातुनलाई मंसिर ७ गते गौशालाका अरुण साहले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार अपहरणमा परेकी बालिकाको शव सोमबार मध्याह्न राति बोरामा प्याक गरेर झाडीमा फलिएको अवसथामा फेला परेको थियो ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्