‘रेड वाइन’बाट बाहिरिए पल, पुष्प र साम्राज्ञीको रोमान्स



काठमाडौं : फिल्म ‘रेड वाइन’मा अभिनेता पुष्प खड्का र साम्राज्ञीको अभिनय रहने भएको छ।

फिल्म निर्माण घोषणा समयमा अभिनेता पल शाहको अभिनय रहने बताइएको थियो । तर, छायाँकन तयारी गर्दै गर्दा निर्माण युनिटले पलको ठाउँमा अभिनेता पुष्प खड्का भित्र्याएको जनाएको छ ।

रमेश एमके पौडेलले निर्माण गर्न लागेको यो फिल्म प्रेमकथामा बन्ने छ। निर्माता रमेशकै निर्देशन रहने फिल्मको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्