सिरहाका दुई कपडा पसलमा आगलागी हुँदा २ करोड बराबरको क्षति



जनकपुरधाम : सिरहामा कपडा पसलमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ ।

जिल्लाको गोलबजार नगरपालिका–४ स्थित सञ्चालित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा मंगलबार बिहान आगलागी हुँदा २ करोड बराबरको क्षति भएको हो ।

आगलागीमा परि नगद ५० हजारसहित कपडाहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

दुबै पसलका सटरहरु बन्द रहेको अवस्थामा विद्युत चुहावट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएपनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्