क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण



बेल्ग्रेड : क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् । उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्