वैवाहिक बन्धनमा बाधिए राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका



काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटी वैवाहिक बन्धनमा बाधिएकी छिन् । रेणुका मंगलबार जनकपुरका अभिषेक लामासँग वैवाहिक बन्धनमा बाधिएकी हुन् ।

लामो समयको प्रेम सम्बन्धलाई रेणुका र अभिषेकले विवाहमा परिणत गरेका हुन् । रेणुकाको विवाहमा महिला टिम सदस्यहरु र आफन्त उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्