कारको टायर काट्दा निस्कियो २ करोड ४० लाखको नोटको बिटो



एजेन्सी : साधरणत: कुनै पनि टायर गाडी गुडाउन प्रयोग गरिन्छ । तर भारतको बैंगोलरमा एउटा टायरभित्र करोडौँ नोटको बिटो भेटिएको छ। 

बैंगलोरबाट शिमोगा गइरहेको एक कारको स्पेयर टायर भित्रबाट २ करोड ४० लाख रुपैयाँ बरामद भएको छ । कर्नाटक र गोवामा आयकर विभागले शनिबार ४ करोड रुपैयाँ भन्दा धेरै नगद बरामद गरेको छ । 

कारको टायरबाट आयकर विभागको टोलीले २ करोड ४० लाख भारतीय रुपैयाँ बरामद गरेको हो। आयकर विभागले छापा मार्ने क्रममा बरामद गरेको नगदको भिडियो पनि सार्वजनिक भएको छ  यस भिडियोमा टायर काटेर खोल्दा २-२ हजारका नोट बरामद भएक हुन्। छापा मार्ने क्रममा एकजना व्यक्ति पक्राउ परेका छन्। 

समाचार अनुसार आयकर विभागको छापाका क्रममा टायरबाट २ करोड ४० लाख, कारको सिटमुनिबाट ४० लाख, बगलकोटमा एक बैंककर्मीबाट एक करोड रुपैयाँ, गोवामा करिब 30 लाख रुपैयाँको सुनचाँदी र बिजापुरमा १० लाख रुपैयाँ बरामद भएको हो । 

आयकर विभागले नगदसहित गिरफ्तार व्यक्ति बैंगलोरबाट भद्रावती जाँदै गरेको भेटेको थियो। आरोपीले राखेको नदद स्कार्पियो कारबाट लगिरहेको भेटिएको हो। कारको टायर काटेर जब खोलियो तब २/२ हजार नोट निस्किए । भारतमा भइरहेको लोकसभा चुनावका क्रममा अवैध नगदको प्रयोग बढेको छ। कालोधनको प्रयोग चुनावमा पनि प्रयोग भएको थाहा भएपछि आयकर विभाग सक्रिय भएको हो । 

प्रतिक्रिया दिनुहोस्