५ हजार घुससहित सब-इन्जिनियर पक्राउ



पोखरा:अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले ५ हजार घुससहित सब इन्जिनियरलाई पक्राउ गरेको छ ।

घुससहित पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव-इन्जिनियर भगवती राउतलाई पक्राउ गरिएको हो ।

उनले भूकम्प पुनःनिर्माण सेवाग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिए बापत विभिन्न बहाना बनाई घुस माग गरेको उजुरीको आधारमा पोखराबाट खटिएको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्