पाल्पामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं : पाल्पामा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्