कारकाे ठक्करबाट महिलाको मृत्यु



राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–२ स्थित सडकखण्डमा कारको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ ।

 

म्ृात्यु हुनेमा स्थानीयवासी ७५ वर्षीया बुलबुलदेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

बा१५च ८११६ नंको कारले सडक पार गर्ने क्रममा महिलालाई ठक्कर दिएको थियो । यता ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्