सुनको मूल्यमा फेरी वृद्धि



काठमाडौं : अघिल्लो साता निरन्तर ओरालो लागेको सुनको मूल्यमा फेरी वृद्धि हुन थालेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएर ९० हजार ५ सयमा कारोबार भएको थियो ।

आज बुधबार पुनः छापावाल सुनको मूल्यमा ५ सयले वृद्धि भएर ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ५ सयले वृद्धि भएको महासंघले जनाएको छ । प्रतितोला ९० हजार ५० मा मंगलबार कारोबार भएको तेजाबी सुन बुधबार भने ९० हजार ५५० मा कारोबार भएको छ ।

यस्तै चाँदी प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मंगलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्