नवलपुरमा कोरोना संक्रमित वृद्धको मृत्यु



नवलपरासी : पूर्वी नवलपरासीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कावासोतीनिवासी ७८ वर्षीय वृद्धको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार राति निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार पूर्वी नवलपरासीमा अहिलेसम्म दुई हजार तीन सय २१ जनामा कोरोना संक्रमण देखिएकोमध्ये सक्रिय संक्रमितको संख्या दुई सय २५ छ ।

योसँगै नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्