दमौलीमा काँग्रेस–नेकपाबीच विवाद, प्रशासनद्वारा निषेधज्ञा जारी



तनहुँ : पुल उद्घाटनको विषयलाई लिएर दमौलीमा नेपाली काँग्रेस र नेकपाबीच विवाद भएको छ ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्ने क्रममा दमौलीमा दुई पक्षबीच विवाद भएको हो ।

तर, काँग्रेसका वरिष्ठ नेता पौडेलले विवादकै बीच पुलको उद्घाटन गरेका छन् । उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनाएका हुन् ।

केही दिनदेखि गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले आजै अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन् ।

ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार

पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो । तर, नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ ।

पुल उद्घाट रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ ।

पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा काँग्रेस र नेकपाबीच झडप हुने अवस्था आएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताए ।

उनले बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्