
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीको नाम सार्वजनिक गरको छ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीको नाम सार्वजनिक गरेको हो।
प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन् ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
प्रारम्भिक टोली :
गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु
डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान
मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल
फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ