खैरो हेरोइनसहित एक जना पक्राउ



भजनी :कैलालीको भजनी नगरपालिका-३ बाट प्रहरीले खैरो होरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आकाश चौधरी हुन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३.५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।

लम्किचुहा नगरपालिका-१ घर भएका आकाशबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्