आज १४९० कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाले मृत्यु हुनेहरूको कुल संख्या १५ सय ३८ पुगेको छ । देशका विभिन्न प्रयोगशालाहरूमा गरिएका पिसिआर परीक्षणमा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल २ लाख ३६ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४६ रहेको छ । आज १५ सय ६८ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । आज देशभरका विभिन्न प्रयोगशालामा थप ८ हजार ३ सय जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ । पिसिआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :१७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्