‘छक्का पञ्जा ३ गर्ल’ दीपिका सुटुक्क विवाह गर्दै



काठमाडौं : चलचित्र निर्देशक दीवाकर भट्टराई र दीपिका प्रसार्इंबीच सुटुक्क इन्गेजमेन्ट भएको छ। उनीहरुले केही साताअघि नै इन्गेजमेन्ट गरेका थिए । तर सार्वजनिक भने हालै गरिएकाे छ। 

 

निर्देशक भट्टराई र अभिनेत्री प्रसाईंबीचको प्रेम सम्बन्ध, इन्गेजमेन्ट र बिबाहको चर्चा भने शनिबारबाट मात्र सुरु भएको हो। यस विषयमा स्वयम् भट्टराई र प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा अंकमाल सहितको तस्बिरका प्रेमोत्तेजक ‘स्टाटस’ अपलोड गरेपछि मात्र उक्त कुरा बाहिरिएको हो।

 

विगत केही समय पहिलेबाट प्रेम सम्बन्धमा रहेका भएपनि उनीहरूले यसअघि सो कुरा स्वीकार गरेका थिएनन्। समय–समयमा उनीहरूको प्रेम सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासा नकार्दै आएको यो जोडीले शनिबार प्रेम सम्बन्ध र बिबाहकै कुरा आफैं बाहिर ल्याएका हुन् ।

 

गत कात्तिकमा प्रर्दशनमा आएको फिल्म ‘एश्वर्य’को छाँयांकनका क्रममा कोर्ट म्यारिज गरेका उनीहरुले दसैंका अवसरमा दुबैतर्फको परिवारको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्। यही वर्ष विबाह बन्धनमा बाँधिने समेत उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्