हुम्लाको सिमकोट विमानस्थलमा आगलागी



हुम्ला : हुम्लाको सिमकोट विमास्थलमा बिहीबार बिहान आगलागी भएको छ । केहिबेर अघि अचानक विमानस्थल प्रमुख बस्ने क्वाटर्रमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यप्रकास सुवेदीका अनुसार आगोको लप्काले विमानस्थल प्रमुखको क्वाटर्रको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भएको बताए ।

अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएको उनले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ । अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्