विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख नाघ्यो



काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख ४५ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १४ लाख ९९ हजार ३५७ पुगेको छ ।

हालसम्म ४ करोड ४९ लाखभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४३ लाख १४ हजार पुगेको छ भने २ लाख ७९ हजार ८६७ हजार जनाको मृत्यु भएको छ ।

भारतमा ९५ लाख ३४ हजार ९६४ संक्रमित हुँदा १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख ३६ हजार ६५० जना संक्रमित हुँदा १ लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ । रुसमा २३ लाख ४७ हजार ४०१ संक्रमित हुँदा ४१ हजार ५३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा २२ लाख ४४ हजार ६३५ संक्रमित हुँदा ५३ हजार ८१६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १६ लाख ८२ हजार ५३३ पुगेको छ भने ४५ हजार ७८४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म १६ लाख ५९ हजार २५६ जना संक्रमित रहेका छन् ५९ हजार ६९९ जनाको मृत्यु भएको छ । यता, इटलीमा १६ लाख ४१ हजार ६१० जना संक्रमित हुँदा ५७ हजार ४५ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा १४ लाख ४० हजार १०३ जना संक्रमित हुँदा ३९ हजार १५६ जनाको मृत्यु भएको छ । कोलम्बियामा १३ लाख ३४ हजार ८९ संक्रमित हुँदा ३७ हजार ११७ जनाको मृत्य भएको छ । नेपालमा भने अहिलेसम्म २ लाख ३६ हजार २ सय ४६ जना संक्रमति हुँदा २ लाख १८ हजार १६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ सय ३८ जनाको भने मृत्यु भएको छ ।

त्यस्तै, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १६ जना नयाँ संक्रमित थपिएका छन् भने हालसम्म ८६ हजार ५ सय ६७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६ सय ३४ मात्र रहेको छ ।

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्