चाङ ई-५ यानले चन्द्रमाको रंगीन तस्वीर पठायो



काठमाडौं : चीनले चन्द्रमामा पठाएको चाङ ई-५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ ।

चीनको मून ल्यान्डरले चन्द्रमाको सतहमा टेकेदेखिको क्षितिजसम्मको तस्वीर पठाएको छ । चन्द्रमाबाट माटो र ढुङ्गाको नमुना संकलन गरी पृथ्वीमा ल्याउन पठाइएको अन्तरिक्षयानले मंगलबार चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

चन्द्रमाको सतहमा अवतरण गरेसँगै यो अन्तरिक्षयानले सतहको नमुना संकलनको काम शुरु गरेको छ । यसरी संकलन गरिएको नमुनालाई रिटर्न मोड्युलसम्म पुर्याउने काम आजदेखि शुरु हुनेछ ।

योजना अनुसार उक्त रिटर्न मोड्युलले मंगोलियाको सिजिवाङको घाँसे मैदानमा ल्याण्ड गर्नेछ । चन्द्रमाको सतहको नमुना पृथ्वीमा ल्याउन सफल भए अमेरिका र रुसपछि नमुना ल्याउने चीन तेस्रो मुलुक हुनेछ । बीबीसी

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्