प्रधानमन्त्री ओली शितल निवासमा




काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार मध्याह्न शितल निवास गएका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो ।

यसबीच प्रधानमन्त्री ओलीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

सामान्यतः यो नियमित बस्ने बैठकको हो । हप्तामा दुई पटक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्छ ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्