काँग्रेसका वरिष्ठ नेता पौडेलले गरे विवादका बीच पुल उद्घाटन



तनहुँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार दिउँसो तनहुँमा पुल उद्घाटन गरेका छन् ।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा रिवन काटेर वरिष्ठ नेता पौडेलले उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा काँग्रेस कार्यकर्ता उपस्थित थिए भने उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए ।

उक्त कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागी छन् ।

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो ।

यो पनि

गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुट्करा पाइएन : रामचन्द्र पौडेल

प्रधानमन्त्रीजी ढिलोचाँडो मेलम्चीको उद्घाटन तपाईनै गर्नुहोला : काँग्रेस प्रवक्ता

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

रिहा भए काँग्रेस वरिष्ठ नेता पौडेल

काँग्रेस नेताहरुद्वारा पौडेल गिरफ्तारीको विरोध

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्