काभ्रे दुर्घटना अपडेट : बालुवा खानी हेर्न जाँदा दुर्घटना



काभ्रेको मण्डन देउपुर-६ स्थित भाँगेटारमा भएको सवारी दुर्घटनामा परि बहालवाल डिआईजी शुसिल भण्डारी सहित तीन जनाको मृत्यु भएको छ ।

 

मृत्यू हुनेमा एभेन्यूज टेलिभिजनका काभ्रे संवाददाता जीवन पराजुली र अर्का काँग्रेस निटक ट्रेड युनियन प्रदेश नंं ३ का अध्यक्ष विनोद कार्कीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा धनराज पराजुली, प्रदिप बोगटी र बिनोद कुमार गौतम घाइते भएका छन् ।

 

उनीहरुको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते पराजुली, बोगटी र गौतम व्यवसायी हुन् । बोगटीको पौनौती–१२ मा निजी क्रसर उद्योग छ । सशस्त्र प्रहरीका पुर्व डिएसपी गौतम बोगटीसँगै वालुवा व्यवसाय गर्छन् ।

 

प्रहरीका अनुसार शनिवार बा ३ च २८७ को गाडीमा सवार सबै जना व्यवसाय गर्ने उद्येश्यले मण्डन देउपुर–६ स्थित चुरी डाँडामा बालुवा खानी हेर्न गएका थिए । गाडी भने बोगटी आफैले चलाएका थिए । कच्ची सडकमा नियन्त्रण गुमाएपछि सडक भन्दा करिब ५ सय मिटर कान्ला तर्फ गाडी झर्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्