नगर प्रहरी प्रमुख पन्थी पक्राउ



दाङ—घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुखलाई पक्राउ गरिएको छ ।

नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीलाई गए राति एउटा पसलमा ढुंङ्गा हानेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले मादक पदार्थ सेवन गरी पसलमा ढुंङ्ग हानेको आरोपमा पन्थीलाई नियन्त्रणमा लिइएको बताए ।

पन्थीले बिहीबार राती १० बजेतिर घोराहीको शहिद गेट नजिकै रहेको शर्मा मोबाइल पसलमा ढुंङ्गा हानेपछि मोवाइल पसलका सञ्चालनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारीले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न गएका पन्थीलाई पसलले चुरोट पाइदैन भनेपछि ढुङ्गा प्रहार गरेको जानकारी दिए । उनले आफु नगर प्रहरी रहेको भन्दै पसेलेलाई धम्काएको पनि बुझिएको छ ।

प्रहरी नायव उपरीक्षक सुमित खड्काले घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई पनि बोलाएको बताए । उनले भने ‘गल्ती गरेको पाइएमा कारवाही हुन्छ’

प्रतिक्रिया दिनुहोस्