मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।

मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले शुक्रबार बिहान मुख्यमन्त्री राउतको पेज ह्याक भएको बताए ।

प्रेस संयोजक मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरो फेसबुकका साथै मुख्यमन्त्री सञ्चार सचिवालय र सिएम लालबाबु राउतको पेज ह्याक भएको हुँदा त्यस पेजहरुबाट अन्यथा कुराहरु पोष्ट हुनसक्ने भएकाले क्षमा प्रार्थी छौं ।’

ह्याक कहाँबाट र कसरी भएको हो भन्ने विषयमा खोजबिन भईरहेको उनले जानकारी दिए । पेज ह्याक भएपछि प्रोफाइलमा एक युवतीको फोटो राखेर सिएम प्रोभिन्स-२ ई-कमर्स वेवसाइट लेखिएको छ भने कभरमा जंगलको फोटो राखिएको छ ।

मुख्यमन्त्रीको फेसबुक ह्याक भएकोबारे नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा जानकारी गराइ सकिएको र प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको उनले बताए । साइबर क्राइमको टोलीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित :१९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्