रेड पाण्डाको छालासहित ३ जना पक्राउ



काठमाडौं : रेड पाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङका ३० वर्षीय मनोज मगर, ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीया केशर बहादुर मगर रहेका छन् ।

अवैध रेडपाण्डाको छाला ओसार-पसार भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौंको गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको छ ।

प्रकाशित :१९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्