काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको हो । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको मन्त्रलायले जनाएको छ ।
प्रकाशित :१९ मंसिर, २०७७