३५ हजार घुसहित हवल्दार पक्राउ



बुटवल : सशस्त्र प्रहरीका सहायक हवल्दार कपिलवस्तुमा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ ३५ हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :१९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्