एनआईसी एशिया बैंकको साधारण सभा आइतबार



काठमाडौं : एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुने भएको छ ।

कम्पनीले रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने जनाएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

मंसिर ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० देखि २१ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने पनि जनाएको छ ।

प्रकाशित :१९ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्