हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, ७ जना घाइते



हुम्ला : हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

शुक्रबार राति ११बजे सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक बच्चासहित ७ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी लिएर सिमकोट फर्किने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ ,उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेका छन् ।

जिल्ला प्रहरी हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीका अनुसार घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका –१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्