आज–२१ मंसिर २०७७ आइतवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधूरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवाद पनि आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसङ्ग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । रमणीय र सुखद यात्राको योग छ ।

प्रकाशित : मंसिर २१, २०७७

प्रतिक्रिया दिनुहोस्