दोश्रो विवाह गर्दै मनोज गजुरेल



काठमाडौं : हाँस्य कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गजुरेलले आफू छिट्टै विवाह बन्धनमा बाँधिने बताएका हुन् ।

‘तपाईंहरूले जे सुन्नुभयो त्यो सत्य हो, बाँकी कुरा समय आएपछि सार्वजनिक गर्नेछु’, उनले सञ्चारकर्मीसँग भने । तर, कोसँग विवाह गर्दैछन् भन्नु कुरा खुलाएका छैनन् ।

उनले केही व्यवहारिक पाटोको टुंगो लागेपछि बाँकी कुरा सार्वजनिक गर्ने बताए ।

उनको यो दोस्रो विवाह हो ।

पहिलो विवाह उनले मिना ढकालसँग गरेका थिए । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच सम्बन्धविच्छेद भएको थियो ।

उनीहरूका एक छोरा र छोरी रहेका छन् ।

प्रकाशित : मंसिर २२, २०७७

प्रतिक्रिया दिनुहोस्