‘ये रिश्ता क्या कहलाता है’ अभिनेत्री दिव्य भटनागरको निधन



नयाँदिल्ली : लोकप्रिय भारतीय टेलिसिरियल ‘ये रिश्ता क्या कहलाता है’ की कलाकार दिव्या भटनागरको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत नोभेम्बरबाट भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको भटनागरको आज (मंगलबार) बिहान मृत्यु भएको हो ।

दिव्याकी साथी देवोलीना भट्टाचार्यले समाजिक सञ्जाल इन्स्टाग्राममार्फत कलाकार दिव्याको मृत्यु भएको जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राममा लेखेकी छन्–‘मलाई थाहा छ, जीवन एकदमै कठिन छ, पीडा सहन मुस्किल छ । तर, आज तिमी एक उत्तम स्थान छौ जहाँ कुनै दुःख, पीडा, झूट, छल छैन । हामी तिमीलाई धेरै सम्झिने छौं ।’

ये रिश्ता क्या कहलाता है मा गुलाबोको भुमिकामा देखिएकी दिव्याले आफू बिरामी भएपछि शुभचिन्तकहरुलाई आफ्नो लागि प्रार्थना गर्न आग्रह गरेकी थिइन् ।

दिव्याले सामाजिक सञ्जालमा एक भिडियो कलको स्क्रिनशटमा लेखेकी थिइन्– ‘मेरो लागि भगवानसाग प्रार्थना गर्नुहोस् कि म छिट्टै निको हु भने ।

‘ये रिश्ता क्या कहलाता है’ र ‘तेरा यार हूं मैं’ बाहेक दिव्याले ‘उडान’, ‘जीत गए तो पिया मोरे’ र ‘विष’ जस्ता टेलिसिरियलमा काम गरिसकेकी थिइन् ।

प्रकाशित : मंसिर २२, २०७७

प्रतिक्रिया दिनुहोस्