‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने, विजेताले २५ लाख पुरस्कार पाउने



काठमाडौं : डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी शोको औपचारिक घोषणा गर्दै १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने जनाइएको छ।

विशाल भण्डारीले निर्देशन गर्ने शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायत कलाकार निर्माताको रुपमा रहेका छन् ।

शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् भने जजको रुपमा तेरियमा मगर, सुशान्त खत्री र रोहिया महर्जन रहनेछन् । रीमा विश्वकर्मा र सुमन कोइरालाले कार्यक्रमको होस्ट गर्ने छन् ।

कार्यक्रम ‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएपछि सुरु हुनेछ ।
रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउँनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्