अभिनेता वरुण धवनलाई कोरोना



काठमाडौं : बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ । यसबारे उनले आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् ।

हिन्दुस्तान टाइम्सका अनुसार, वरुण फिल्म ‘जुग जुग जिओ’ को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो ।

फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो । इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिन सट पोष्ट गर्दै लेखेका छन्,‘भिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्कें, हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं, तर त्यतिले काफी भएन, थप सतर्कताको आवश्यकता छ । सबैजना सुरक्षित रहौं ।’

उनले आफ्ना प्रशंसकलाई भनेका छन्,‘मैले तपाईंहरूको शुभकामना मेसेजहरू पाए । त्यसको लागि हृदयबाटै धन्यवाद !’ अभिनेता वरुण मात्र होइनन्, फिल्ममा उनको सहकर्मी नितु कपुर र फिल्मका निर्देशक राज मेहतासमेतलाई कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

फिल्म टोलीका अभिनेता अनिल कपुर र अभिनेत्री कायरा आडवाणीको रिपोर्ट भने नेगेटिभ आएको छ । हाल वरुण र राज मेहता चन्दिगडमै क्यावरेन्टाइनमा छन् ।

प्रकाशित :२२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्