बेहुली बन्दा यस्ती देखिइन् अभिनेत्री श्वेता (फोटोफिचर)



काठमाडौं : अभिनेत्री श्वेता खड्का वैवाहिक बन्धनमा बाधिएकी छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग आज दोस्रो लगनगाँठो कसेकी हुन्।

स्वेता र विजयेन्द्र विगत डेढ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका थिए । तर, यस बिषयमा स्वेताले कुनै कुरा खुलाएकी छैनन् । काठमाडौंको गोकर्ण रिसोर्टमा भएको वैवाहिक कार्यक्रममा उनले विजयन्द्र र आफू निकटका केही व्यक्तिहरुलाई मात्रै निमन्त्रणा दिएकी छन् ।

यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्