प्रथम क्षत्रीको स्वर रहेको गीत ‘टुना मुना’ सार्वजनिक



काठमाडौं : अभिनेता तथा मोडल प्रथम क्षत्रीको स्वर रहेको पहिलो गीत ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत रहेको छ भने म्युजिक एरेन्ज बाबुल गिरीले गरेका छन् ।

प्रेमीले प्रेमिका फकाएको थिम रहेको भिडीयोमा आफु र मोडल अञ्जली बाँनियाले अभिनय गरेका छन् ।

भिडियोमा कोरियोग्राफी तथा निर्देशन प्रथम क्षत्रीकै रहेको छ भने सम्पादन अनन्त घिमिरे, छायाँकन सुशिलजंग थापाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्