लोकसेवा आयोगको वेबसाइट ह्याक गर्ने ३ जना पक्राउ



काठमाडौं : लोक सेवा आयोगको वेबसाइट ह्याक गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गरेको आरोपमा ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोर रेहेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।

ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ‘ह्याकर्स हन्ट’ नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए । लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित :२२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्