१५ तस्बिरमा हेर्नुहोस् बमले हल्लाएको श्रीलंका



एजेन्सी : श्रीलंकामा आइतबार भएका शृंखलाबद्ध आत्मघाती विस्फोटमा मारिनेको संख्या २ सय ९० पुगेको छ । घाइतेको संख्या ५ सयभन्दा बढी छ ।

विस्फोटमा ३६ जना विदेशी नागरिक मारिएका छन् । प्रहरीले विस्फोटमा संलग्नताको आशंकामा २४ जना पक्राउ गरेको छ ।

आठौं विस्फोटमा ३ प्रहरी अधिकारीसमेत मारिएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा घरको खानतलासी गरिरहेका बेला विस्फोट हुँदा ती प्रहरी अधिकारी मारिएका थिए ।

तर उनीहरूले बम निष्क्रिय पार्ने प्रयासमा विस्फोट भए वा नभएको थाहा पाइएको छैन। तर प्रहरीले विस्फोटका सिलसिलामा २ जना संदिग्ध व्यक्ति पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्