नेपाल र चीनको संयुक्त घोषणा : नयाँ उचाइ ८८४८.८६ मि.



काठमाडौं : लामो समयदेखि उचाइको विवाद समाधान गर्दै नेपाल र चीनले संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गरेका छन् ।

सन् २००५ देखि नेपाल र चीनको बीचमा उचाइको विषयमा विवाद उत्पन्न हुँदै आएकोमा गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमतिअनुसार मंगलबार नयाँ उचाई घोषणा भएको हो ।

मंगलबार काठमाडौंको मिनभवनमा अवस्थित नापी विभागको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ उचाइ घोषणा गरे ।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ घोषित उचाइअनुसार त्यसमा दशमलव ६ सेन्टिमिटर वृद्धि भएर ८ हजार ८ सय ४ दशमलव ८६ मिटर पुगेको छ ।

के थियो विवाद ?
नेपालले हिउँसहित सगरमाथाको उचाइ नाप्नुपर्ने भन्दै आएको थियो । त्यहीअनुसार नेपालले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । तर, यो उचाइलाई चीनले मान्यता दिएन । उसले हिउँबिना नै नापेको आफ्नो उचाई सन् २००४ मा सार्वजनिक गर्दै सगरमाथा ८ हजार ८ सय ४४ मिटर अग्लो रहेको दावी ग-यो ।

यहींबीचमा अमेरिकाको पनि प्रवेश भयो । अमेरिकाले सन् १९९१ देखि १९९९ मा ८ वर्ष लगाएर अमेरिकाको नेसनल जिओग्राफी अफ सोसाइटीका तर्फबाट डा. वासवर्नले सन् २००१ मा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर सार्वजनिक गरे ।

तर, नेपाल र अमेरिकाको दाबीलाई अस्वीकार गर्दै चीनले सन् २००७ देखि २०१५ सम्म आफ्नो भूमिबाट सगरमाथा आरोहण गर्नेलाई आफ्नै उचाइको प्रमाणपत्र दिन थाल्यो ।

अमेरिकाले सन् २००५ मा यो विवाद विश्व पर्वतारोहण महासंघसम्म पु-यायो ।

महासंघले सन् २०१० मा दुवै देशको उचाइ दाबीलाई मान्यता दिएन । बरु मध्यमार्गी भएर ‘जुन देशले जे कायम गर्छन्, त्यसैलाई मान्ने’ निर्णय गरिदियो । चीनको दाबीलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएपछि चीन सन् २०१६ देखि नेपालले भन्ने गरेको उचाइ अर्थात ८४ मिटरलाई नै मान्यता दिन बाध्य भयो । फेरि पनि चीनले यो बीचमा नेपाललाई आफ्नो उचाइ स्वीकार्न कूटनीतिक तथा राजनीतिक तहबाट दबाब नदिएको पनि होइन ।

अन्ततः गत वर्ष चिनियाँ राष्ट्रपतिको भ्रमणमा दुबै देशले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति गरे । त्यही अनुसार मंगलबार संयुक्त नाप घोषणा भएको हो ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्