थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्