उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएको छन् । उपत्यकामा मंगलबार संक्रमित पुष्टि हुनेमा २६३ र ३३१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ३८२ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।

यसैगरी २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्