पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडनको बाचा



एजन्सी : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् ।

उनले आफ्नो कार्यकालका शुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड–१९ को बाटो भने मोड्ने बताए । उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन् ।

२० ज्यानुअरीमा कार्यकाल शुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे ।

बीबीसीका अनुसार मंगलबा नै अमेरिकी नियामकले फाइजररबायोएनटेकको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्