कानुन नबन्दा प्रदेशसभा सांसदलाई तनाव



काठमाडौं : केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । 

 

ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन, शान्ति सुरक्षा कायम लगायतका कामकारबाही द्रुत रुपमा अघि बढ्न सकेका छैनन् ।

 

प्रदेश नम्बर ३ का सांसद रत्न ढकालले संघीय सरकारले यथाशीघ्र ऐनहरु नपठाएको गुनासो गर्दै नेपाल भने, ‘हामी कामविहीन भएका छौं । संविधानको अनुसूचीबमोजिम ऐनहरु नपठाए चुप लागेर बस्दैनौ । ऐन नबन्दा केन्द्रकै मुख ताक्नुपरेको छ ।’

प्रतिक्रिया दिनुहोस्