रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु



रुपन्देही : रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको मंगलबार राति भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो ।

मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए ।

ती पुरुषमा मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३१४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्