श्रीमती झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी जवान पक्राउ



दाङ : श्रीमती झुण्डिएको अवस्थामा फेला परेपछि एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घरमा मंगलबार बिहान ३० वर्षीया सुनिता बिसी चौधरी सुत्ने कोठामै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

राति सँगै सुतेकी श्रीमती बिहान झुण्डिएको अवस्थामा फेला परेपछि उनका पति जीतबहादुर चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

सोधपुछका क्रममा जीतबहादुरले आफू मदिरा सेवन गरी सुतेको र बिहान उठेपछि मात्रै श्रीमती झुण्डिएको देखेको भन्ने बयान दिएको प्रहरी निरीक्षक शर्माले बताए ।

यसैबीच माइती पक्षले भने आफ्नी छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन ्। सुनिताको माइती बाँके हो ।

प्रहरी जवान जीतबहादुर हाल भैरहवामा कार्यरत छन् । उनी ३–४ दिनअघि मात्रै घर बिदामा आएका थिए ।

सुनिता तुलसीपुरकै एक लघुवित्तीय संस्थामा काम गर्थिन् । उनीहरूका दुई छोरा मामाघरमा बस्छन् ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्